मन्थन बिचारहरुको

 आठ महिनादेखि एक छाक खाएर विदेशमा

दोहा (कतार), अषाढ ३१ - चार महिनाको कानुनी संघर्षपछि कतारमा मुद्दा जितेका ३७ नेपाली मजदुर स्वदेश फर्केका छन् । कतारीको एक कम्पनीले लामो समयदेखि तलब, ओटी र घर फिर्ती टिकट उपलब्ध गराएपछि उनीहरूलाई र्फकन सजिलो भएको हो ।     उनीहरूमध्ये मंगलबार ११ र बुधबार २६ जना फर्केका छन् । र्फकनेमध्ये अधिकांश मजदुरले स्वदेशमै र केहीले फेरि विदेश जाने सोचाइ बनाएका छन् । 'विदेशको अनुभव लिइयो, अब स्वदेशमै केही काम गर्ने विचार छ,' चार वर्षदेखि कतारमा रहेका ओखलढुंगा, गामलाङ्टाका बुद्घबिहादुर बस्नेत भने । मुद्दा लड्ने मजदुरहरू कतारको औद्योगिक सनैयास्थित कार पार्किङका लागि पाल तयार गर्ने कम्पनीमा कार्यरत थिए । ती मजदुर चारदेखि छ महिनासम्मको तलब नपाएपछि न्याय खोज्दै नेपाली दूतावास, श्रम अदालत, श्रम विभाग र उच्च अदालतसम्म पुगेका थिए । उच्च अदालतको फैसालपछि कम्पनीले अदालतमै गएर मजदुरहरूलाई तलब र हवाई टिकट बुझाएको हो । उनीहरूले ५ हजार ९ सय रियालदेखि १० हजार रियाल -१ लाख १८ हजारदेखि २ लाख रुपैयाँ) सम्म बुझेका छन् । कम्पनीले लामो समयसम्म मजदुरहरूको भिसासमेत लगाएको थिएन । अदालतको आदेशपछि पनि कम्पनीले भिसाको लागि जरिवाना तिर्ने रकम आफूसँग नभएको भन्दै ढिलाइ गरेको थियो । मजदुरहरूले नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावासले कम्पनीलाई तत्काल दिएर स्वदेश पठाउन भनेको थियो । अदालतबाट न्याय पाएर घर र्फकने मजदुरमा  हेमलाल पोख्रेल सनपुरिया- १ दाङ, तोरणप्रसाद तिवारी माझठाना- ८ कास्की,  टोपबहादुर थापा सिद्धारा-४ अर्घखाँची,  नगेन्द्र विक भानु-५ तनहुँ,  खिमबहादुर सारु सिद्धारा-८ अर्घाखाँची,  टंकबहादुर विक बोहोरागाउँ-८ बागलुङ, कर्णबहादुर कामी बेला-३ दाङ,  युवराज पन्थी सिद्धारा-४ अर्घखाँची,  कृष्ण भुसाल बोहोरागाउँ-८ बागलुङ र कुलबहादुर राना  पपुवा-५ कपिलवस्तु छन्  । त्यस्तै बुद्घबहादुर खत्री खलंगा-५ प्यूठान, निरञ्जन भण्डारी ललितपुर, कमलप्रसाद लिम्बु चाब्ला-३ तेह्रथुम, बुद्घबिहादुर बस्नेत गामलाङ्टार-७ ओखलढुंगा, लालमोहन थारू  पपुवा-५ कपिलवस्तु, अल्गु थारू गजेहडा-७ कपिलवस्तु, सरोज यादव  सुगानी-५ धनुषा, दुर्गाराज भुसाल रुद्राक्ष-१ रुपन्देही, शिवकुमार मुखिया जनकपुर-१५ धनुषा, शिवगुलाम थारू पटना-८ कपिलवस्तु, साबुदिन मियाँ मुहर्जी  सर्लाही र मनोज भुजेल दमक- १० झापा घर फर्केका छन् । यसैगरी जंगबहादुर विक रानीबास-४ सिन्धुली, लक्ष्मीकुमार राई  बारोल-४ तिनकुने सुनसरी, मोहन राना  तनहुँ, नज्रुन मन्सुर  बारापुर-७ सर्लाही, सुशीलकुमार यादव महोत्तरी,  दिलबहादुर घले धादिङ, श्रीकुमार तमाङ  धनकुटा, एगेन्द्रबहादुर पौडेल मोरङलगायत घर फर्केका छन् ।