मन्थन बिचारहरुको
फिफा विश्वकप - २०१०

विश्वविजेता स्पेनी टोलीलाई भव्य स्वागत    सोमबार, २०६७ अषाढ २८                                  

काठमाडौं, अषाढ २८ - वर्ड कप विश्वविजेता स्पेनी टोलीलाई राजधानी मेडि्रडमा सोमबार भव्य स्वागत गरिएको छ । स्पेनले सोमबार बिहान भएको वर्ड कप फाइनलमा नेदरल्याण्ड्सलाई १-० ले हराएको थियो । विमानस्थलमा विश्वविजेता स्पेनी टोलीलाई स्वागत गर्न हजारौं सर्वसाधारण तथा खेलप्रेमी उपस्थित थिए । गोलकिपर इकर कासिलासले विश्वकप ट्रफी बोकेर हवाईजहाजबाट ओर्लिएपछि  कर्तल ध्वनीले स्वागत गरिएको थियो । विश्वविजेता टोलीलाई स्पेनी प्रधानमन्त्री जोसे लुइस रोडि्रगेज जपाटेरोले स्वागत गर्ने कार्यक्रम छ । स्पेनी टोलीको स्वागतका लागि दशौं लाख बढि सर्वसाधारण सडकमा करिव २ घण्टा लामबद्ध हुने कार्यक्रम छ । आन्द्रेस इनेस्टाले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल मद्धतले स्पेनले सोमबार बिहान पहिलोपल्ट विश्वकप उपाधि जितेको छ । उसले विश्वकप २०१० को फाइनलमा नेदरल्यान्ड्सलाई १-० ले हराएर पहिलोपल्ट ट्रफी चुमेको हो । विश्वकप इतिहासमा १३ औं पल्ट खेलिरहेको स्पेनको यसअघिको उत्कृष्ट प्रदर्शन सन् १९५० मा चौथो स्थानमात्र हो । सन् १९७४ यता स्पेनले सबै विश्वकप संस्करण खेले पनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

यसपालीको विश्वकप/नसोचेको परिणाम

काठमाडौ, अषाढ २५ - उरुग्वे वर्ल्डकपको सेमिफाइनल पुग्ने अनुमान गर्नुभएको थियो - 'अहँ, कल्पना पनि गरेको थिइन' धेरैको जवाफ हुने गर्छ । मुश्किलले ग्रुप राउण्डबाट उक्लने अपेक्षा गरिएको उरुग्वे सरप्राइज दिँदै ४० वर्षपछाडि अन्तिम चारमा पुग्यो । सन् १९३० र १९५० को वर्ल्डकप जितेको गर्विलो इतिहास भएपनि ३० लाख मात्र जनसंख्या भएको उरुग्वेले पछिल्ला समय राम्रो नतिजा आत्मसात् गर्न सकेको थिएन । भाग्यको साथ पाएको उसले लुइस सुआरेजको 'ह्यान्डबल' को सहयोगमा घानालाई अन्तिम आठमा पराजित गर्‍यो । वर्ल्डकपको गोल्डेन ट्रफी चुम्न ब्राजिललाई सबैभन्दा योग्य टिम मानिएको थियो । तर उसको दक्षिण अफ्रिकी यात्रा क्वाटरफाइनलमै टुंगियो । नेदरल्यान्ड्ससँग उसले बेहोरेको हार फुटबल क्रेजीहरुका लागि अर्को सरप्राइज रह्यो ।
साम्बा शैलीको 'ब्युटिफुल गेम' छाडेको ब्राजिलले यस्तो झुर खेल्छ भनेर कहिल्यै सोचेको थिएन । अनि उस्तै रफ ट्याकल र आफ्नै गल्तीमा प्रतिद्वन्द्वीलाई पनि गाली गर्ने ब्राजिली खेलाडीको अनुशासनहिन व्यवहार पनि विश्व फुटबलमा अर्को सरप्राइज बन्यो । विगतमा सुन्दर फुटबल, अनुशासित र जेन्टलमेनको टिम ब्राजिलको छवि थियो । योपल्ट उसको पुरानो पहिचानमै प्रश्नचिन्ह लागेको छ । डच टिमसँगको व्यवहार हेर्ने हो भने ब्राजिली खेलाडीलाई 'हिंस्रक मानव' को संज्ञा दिएपनि फरक पर्दैन । मैदानमा ढलेका आर्जेन रोबेनको तिरामा फिलिप मेलोले लात हाने । उनै रोबेनलाई रोबिन्होले निर्दयी रुपमा औंला ठड्याउँदै गाली गरे । विश्व फुटबलमा भलाद्मी खेलाडिको रुपमा चिनिएका काकाले पनि एकपछि अर्को गर्दै निरन्तर फल खेलिरहे । यी सबै ब्राजिली व्यवहार संसारका लागि सरप्राइज रह्यो । अब अर्जेन्टिनालाई हेरौं । जर्मन टिम बलियो हो । अर्जेन्टिना कमजोर भन्न खोजेको चाहिँ होइन । तैपनि जर्मनीसँग ४-० को हार अर्जेन्टिनाका लागि सुहाउँदो होइन । सन् १९७४ यता वर्ल्डकपमा अर्जेन्टिनाको यो हार सर्वाधिक ठूला अन्तरको बीस बर्षअघिको फाइनलमा पनि जर्मनीले डिएगो म्याराडोनालाई धरधरी रुवाएको थियो । योपल्ट पनि जर्मनीले उनलाई असफल सावित गरिदियो । तुच्छ बोली, उच्छृङ्खल व्यवहार र खेलाडिको प्रतिभा पहिचान गर्न नसक्ने प्रशिक्षक म्याराडोनाको नयाँ करिअरको पहिलो गाँसमै ढुंगा लाग्यो । युवा खेलाडिले भरिएको जर्मनीसामु लियोनल मेसीसँगै पूरै अर्जेन्टिनी टिमले सिंहबाट स्यालको रुप लिएको थियो । दुइ पल्टको वर्ल्डकप च्याम्पियनले कमजोर टिमसँग मात्रै राम्रो खेल्यो । पाँच अर्थात सबै दक्षिण अमेरिकी टिमले नकआउट राउन्ड खेले, चार टिमले क्वार्टरफाइनल । सेमिफाइनलमा भने उरुग्वे मात्रै रह्यो । क्वाटरफाइनलमा युरोपेली टिमतर्फपासा पल्टियो । अन्तिम आठमा पुगेका तीनै युरोपेली देश सेमिफाइनल पुगे । अफ्रिकी महादेशमा पहिलोपल्ट आयोजना गरिएको वर्ल्डकपमा निरन्तर सरप्राइज रिजल्ट आइरहेको छ । युरोपेली च्याम्पियन स्पेनले वर्ल्डकपमा पहिलोपल्ट सेमिफाइनल यात्रा गर्‍यो । राउन्ड रोबिनको आधारमा यसअघि १९५० मा हात पारेको चौथो स्थान नै उसको सर्वोत्कृष्ट नतिजा थियो । वर्ल्डकपको अभागी टिम रहेका नेदरल्यान्ड्स र स्पेनले योपल्ट पुरानो परिचय नै बदले । स्पेनले इतिहासमै पहिलोपल्ट स्विट्जरल्यान्डसँग हारेपनि उत्कृष्ट पुनरागमन जनाउँदै वर्ल्डकप यात्रा कायमै राखेको हो । जर्मनीले पनि पहिलो खेलमा र्सर्वियासँग हार खेप्यो । उसले १९८६ यता ग्रुप राउन्डमा पहिलो हार बेहोरेको हो । अघिल्लो विश्वकपका फाइनलका खेलेका इटाली र फ्रान्स दुवै टिम सेकेन्ड राउन्ड पुग्न नसक्नु पनि सरप्राइज नै हो । दक्षिण अफ्रिकाले पनि ग्रुप राउन्ड पार गर्न नसक्ने पहिलो आयोजकको तीतो कीर्तिमान बनायो । एकपछि अर्को कीर्तिमान तोडिनु यो वर्ल्डकपको मुख्य विशेषता भएको छ । वर्ल्डकपका १८ संस्करणको उपाधि युरोप र दक्षिण अमेरिकी टिमले नौ-नौपल्ट बाँडेका छन् । अहिलेसम्म ११ देशले फाइनल खेलेका छन् । त्यसमध्ये सात देशले मात्रै ट्रफी चुमे । योपल्ट उरुग्वे र जर्मनी रोकिए वर्ल्डकप फुटबलले नयाँ विजेता पाउनेछ । नायकको भूमिका निभाउने अनुमान गरिएका मेसी, काका, वायन रुनी र क्रिस्टियानो रोनाल्डो सुपर स्टारबाट एकाएक 'सुपर फ्लप' ठहरिए । दस महिनायता क्लब फुटबलमा उनीहरुले कुल १ सय १४ गोल गरे । वर्ल्डकपमा उनीहरुको जादू चलेन, रोनाल्डोले मात्रै गोलको खाता खोले । प्रशस्तै धन हात नपारेपनि वर्ल्डकपमा राम्रो गर्नेको लोकप्रियता चुलिने गर्छ । फुटबलको वास्ताविक नायक प्रमाणित गर्ने आधार नै वर्ल्डकप हो । त्यसमा अहिलेका सर्वाधिक महँगा र धेरै धन कमाउने स्टारहरु चुके । क्लबको तुलनामा राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गर्ने परम्परालाई जर्मन खेलाडिले भने कायमै राखेका छन् । टोटल फुटबलको जित झण्डै चार दशकअघि डच प्रशिक्षक राइनस मिचेल्सले सुरु गरेको 'टोटल फुटबल' को शैली पछ्याउने टिम नै दक्षिण अफ्रिकामा सफल भएका छन् । गोलकिपरले पोष्ट रक्षा गर्छन्, बाँकी खेलाडी मैदानको कुनैपनि भागबाट खेल्छन् र आक्रमणको जालो बुन्छन् । यही नै राइनसको दर्शन हो । राइनसकै दर्शनमा नेदरल्यान्ड्सले ब्राजिललाई पाखा लगाएर वर्ल्डकपमा लागातार पाँचौं जित आत्मसात् गर्‍यो । हालका डच टिमका कोच बर्ट भान मार्विकको टिममा दक्षिण अमेरिकी फुटबलको सुन्दर कला हेर्न पाइन्छ । जोचिम लोले जर्मनी, ओस्कर टाबारेजले उरुग्वे र भिसेन्ट डेल बस्कले स्पेनी टिम सम्हालेका छन् । मिडफिल्डमा जम्न खोज्ने स्पेनले टोटल फुटबलकै रणनीतिमा सफलता हासिल गरिरहेको छ । उरुग्वे र जर्मन टिममा पनि राइनसकै शैली हावी भएको छ । जसरी भएपनि खेल जित्ने जोसे माउरिन्होको दर्शन वर्ल्डकपमा काम लागेन । उनको शैली पछ्याएका डुंगा र म्याराडोनाले असफलता बेहोरे । मार्से लिप्पी (इटाली) र फावियो कोपेलो (इङल्यान्ड) को डिफेन्सिभ रणनीति पनि चलेन ।

 
Picture
Picture

जर्मनीको जीत / अर्जेन्टिनाको 'लज्जास्पद' हार

Picture
काठमाडौ, अषाढ १९ - कठिन प्रतिद्वन्द्वी अर्जेन्टिनालाई सहजरुपमा हराउँदै जर्मनी सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले ४-० को फराकिलो अन्तरले अर्जेन्टिनालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । अपराजित यात्राका साथमा विश्वकप दाबी गर्दै आएको अर्जेन्टिना लज्जास्पद हार व्यहोर्दै दक्षिण अफ्रिका छाड्न बाध्य भयो । दुवै टिमले विश्वकप दाबी गर्दै आएका थिए । शनिबार राति नै अन्तिम क्वाटरफाइनल खेलमा स्पेनले पाराग्वेको सामना गर्दैछ ।

Picture
Picture
Picture

दक्षिण अफ्रिकाले नयाँ इतिहास रच्यो  June22, 2010  

विश्वकप फुटबल प्रतियोगिता अब अझै रमाइलो चरणमा प्रवेश गर्दैछ। आजदेखि समूह चरणका अन्तिम खेलहरु हुँदैछन्। अन्तिम खेलको नतिजाले कतिपय टिम घर फर्कने कि अघि बढ्ने निश्चित हुनेछ। आजैदेखि एकै समयमा दुई खेल हुने हुनाले एउटा खेल हेर्न छुटाउनु पर्ने स्थिति आउनेछ। हेरौँ केही फ्यानका फोटोहरु। अपडेटः आज भएका दुई खेलमा दक्षिण अफ्रिकाले फ्रान्सलाई २-१ ले जिते पनि ऊ दोस्रो चरणमा पुग्न गोल अन्तरको आधारमा असफल भयो। उता मेक्सिको उरुग्वेसित ०-१ ले हारे पनि ऊ दोस्रो चरणमा पुग्न सफल भयो। हारेर दक्षिण अफ्रिकाले आयोजक राष्ट्र दोस्रो चरणमा नपुग्ने नयाँ इतिहास रचेको छ। यसअघि सबै आयोजक राष्ट्र कम्तिमा दोस्रो चरणमा पुगेका थिए।
Picture
खेल नम्बर-१

दक्षिण अपि|mकाविरुद्ध मेक्सिको 

आयोजक दक्षिण अपि|mका र मेक्सिकोबीच भएको समूह एको पहिलो खेल १-१ गोलको बराबरीमा टुङ्िगएको थियो । यो खेलमा पहिलो गोल दक्षिण अपि|mकाका लागि साफिवे सावालालाले ५५ औं मिनेटमा र दोस्रो  गोल मेक्सिकोका लागि राफेल माक्र्वेजले ७९ औं मिनेटमा गरेका थिए । यो खेलमा दक्षिण अपि|mकाका कागिसो डिक्गाको र सेपो मासिलेलालाई तथा मेक्सिकोका एप|mेन ज्वारेज र कप्तान गेरार्डो टोराडोलाई पहेंलो  कार्ड देखाइएको थियो । यो खेलका लागि दक्षिण अपि|mकाका साफिवे सावालाला 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-२

उरुग्वेविरुद्ध प|mान्स

समूह एकै उरुग्वे र प|mान्सबीच भएको दोस्रो खेल गोलरहित बराबरीमा टुंगियो । यो खेलमा उरुग्वेका निकोलस लोडिरोले दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै ८१ औं मिनेटमा बाहिरिए । यसैगरी उरुग्वेकै  माउरिसियो भिक्टोरिनो र कप्तान डिएगो लुगानोले पनि पहेंलो कार्डको सामना गर्नुपर्‍यो । प|mान्सका कप्तान प्याटि्रक इभेरा, जेरेमी टाउलालान र प|mांक रिभेरीलाई पनि पहंेलो कार्ड देखाइएको थियो । यो खेलमा  उरुग्वेका डिएगो फोर्लान 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-३

अर्जेन्टिनाविरुद्ध नाइजेरिया


समूह बीको पहिलो खेलमा अर्जेन्टिनाले नाईजेरियालाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्‍यो । अर्जेन्टिनाका लागि एक मात्र गोल ग्याबि्रयल हेन्जले खेलको छैटौं मिनेटमा गरेका थिए । यो खेलमा जोनास गुटिरेज  र नाइजेरियाका लुकमान हारुनालाई पहेंलो कार्ड देखाइएको थियो । यो खेलमा नाइजेरियाका भिन्सेन्ट इनिमा 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-४

दक्षिण कोरियाविरुद्ध गि्रस

समूह बीको दोस्रो खेलमा दक्षिण कोरियाले गि्रसलाई शून्यकाविरुद्ध २ गोलले पराजित गर्‍यो । दक्षिण कोरियाका लागि पहिलो गोल लि जुङ्ग सुले खेलको सातौं मिनेटमा र पार्क जि सुङले खेलको ५२ औं मिनेटमा  गरेका थिए । यो खेलमा गि्रसका भासिलीस टोरोसिडिसलाई मात्र पहेंलो कार्ड देखाइएको थियो । यो खेलमा दक्षिण कोरियाका पार्क जि सुङ्ग 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-५

इंग्ल्यान्डविरुद्ध अमेरिका 

अमेरिका र इंग्ल्यान्डबीच भएको समूह सीको पहिलो खेल १-१ गोलको बराबरीमा टुंगियो । यो खेलमा पहिलो गोल इंग्ल्यान्डका लागि स्टेफन गेरार्डले चौथो मिनेटमा र दोस्रो गोल अमेरिकाका लागि क्लाइन्ट डे म्पेसीले ४० औं मिनेटमा गरेका थिए । यो खेलमा इंग्ल्यान्डका कप्तान स्टेफन गेरार्ड, जेम्स मिलनर र जेमि काराघर तथा अमेरिकाका स्टिभ चेरुन्डोलो, जे डेमेरिट तथा रोबी पि|mण्ड्लेलाई पहेंलो कार्ड देखाइएको  थियो । यो खेलका लागि अमेरिकाका टिम होवार्डलाई 'म्यान अफ दि म्याच' घोषित गरियो ।

खेल नम्बर-६

अल्जेरियाविरुद्ध स्लोभेनिया

समूह सीको दोस्रो खेलमा स्लोभेनियाले अल्जेरियालाई शून्यकाविरुद्ध १ गोलले पराजित गरेको थियो । स्लोभेनियाका लागि एकमात्र गोल रोबर्ट कोरेनले खेलको ७९ औं मिनेटमा गरेका थिए । यो खेलमा अल्जे रियाका अब्देलकादेर घेजल दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै ७३ औं मिनेटमा मैदानबाट बाहिरिए । यसैगरी अल्जेरियाकै हसन याब्दा तथा स्लोभेनियाका अलेक्स्यान्द्रा राडोसाल्भिज र आन्द्रेज कोमाकले पनि  पहेंलो कार्डको सामना गर्नुपर्‍यो । यो खेलका लागि स्लोभेनियाका रोबर्ट कोरेन 'म्यान अफ दि म्याच' घोषित भए ।
Picture
Picture
खेल नम्बर-७

जर्मनीबिरुद्ध अस्ट्रेलिया

समूह डीको पहिलो खेलमा जर्मनीले अस्ट्रेलियालाई शून्यकाविरुद्ध ४ गोलले पराजित गर्‍यो । जर्मनीका लागि लुकास पोडोलस्की -८ औं मिनेट), मिरोस्लाभ क्लोस -२६ औं मिनेट), थोमस मुलर -६८ औं मिनेट) र  काकाउ -७० औं मिनेट) ले गोल गरेका थिए । यो खेलमा जर्मनीका मेसुट ओजिल, काकाउ र अस्ट्रेलियाका क्रेग मुर, कप्तान लुकास नेल र कार्ल भालेरीलाई पहेंलो कार्ड देखाइएको थियो । त्यसैगरी अस्ट्रेलियाका  टिम काहिलले रातो कार्डको सामना गर्नुपर्‍यो । यो खेलका लागि जर्मनीका लुकास पोडोलस्की 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-८

सर्बियाविरुद्ध घाना

समूह डीको दोस्रो खेलमा घानाले सर्बियालाई शून्यकाविरुद्ध १ गोलले पराजित गर्‍यो । घानाका लागि एकमात्र गोल आसामोह ग्यानले पेनाल्टीमार्फत खेलको ८५ औं मिनेटमा गरेका थिए । यो खेलमा सर्बियाका  अलेक्ज्यान्द्रा लुकोभिक दुई पहेंलो कार्डसहित रातो कार्ड पाएर खेलको ७४ औं मिनेटमा मैदानबाट बाहिरिए । त्यसैगरी सर्बियाका निकोला जिगिक, ड्रभ्को कुज्मानोभिक तथा घानाका इसाक भोर्सा र पि्रन्स टागो लाई पहेंलो कार्ड देखाइएको थियो । यो खेलका लागि घानाका आसामोह ग्यान 'म्यान अफ दि म्याच' घोषित भए ।

खेल नम्बर-९

नेदरल्यान्डविरुद्ध डेनमार्क

समूह ईको पहिलो खेलमा नेदरल्यान्डले डेनमार्कलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्‍यो । नेदरल्यान्डका लागि पहिलो गोल खेलको ४६ औं मिनेटमा डेनमार्कका ड्यानियल एगरले आत्मघाती रूपमा गरे भने  दोस्रो गोल खेलको ८५ औं मिनेटमा नेदरल्यान्डका डिर्क क्युटले गरेका थिए । यो खेलमा नेदरल्यान्डका निगेल डे जोन, रोबिन भान पर्सी एवं डेनमार्कका सिमोन क्रेजरलाई पहेलो कार्ड देखाइएको थियो । यो खे लका लागि नेदरल्यान्डका वेस्ले स्नाइडर म्यान अफ दि म्याच घोषित भए ।

खेल नम्बर-१०

जापानविरुद्ध क्यामरुन

समूह ईको दोस्रो खेलमा जापानले क्यामरुनलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्‍यो । जापानका लागि एकमात्र गोल खेलको ३९ औं मिनेटमा केइसुके होन्डाले गरेका थिए । यो खेलमा जापानका युकी आवे र  क्यामरुनका निकोलस कोलुलाई पहेलो कार्ड देखाइएको थियो । विश्वकप २०१० को दसौं खेलमा जापानका केइसुके होन्डा म्यान अफ दि म्याच घोषित भए ।

खेल नम्बर-११

इटालीविरुद्ध पाराग्वे

डिफेन्डिङ च्याम्पियन इटाली र पाराग्वेबीच भएको समूह एफको पहिलो खेल १-१ गोलको बराबरीमा टुङ्गएिको थियो । उक्त खेलमा पहिलो गोल पाराग्वेका लागि एन्टोलिन अल्कारेजले ३९ औं मिनेटमा र दोस्रो  गोल इटालीका लागि ड्यानियल डे रोस्सीले ६३ औं मिनेटमा गरेका थिए । यो खेलमा इटालीका माउरो कोमारानेसी र पाराग्वेका भिक्टोर काकेरसलाई पहेलो कार्ड देखाइएको थियो । यो खेलका लागि पाराग्वेका  एन्टोलिन अल्कारेजलाई म्यान अफ दि म्याच घोषित गरियो ।

खेल नम्बर-१२

न्युजिल्यान्डविरुद्ध स्लोभाकिया

न्युजिल्यान्ड र स्लोभाकियाबीच भएको समूह एफको दोस्रो खेल १-१ गोलको बराबरीमा टुङ्गएिको थियो । यो खेलमा पहिलो गोल स्लोभाकियाका लागि रोबर्ट भिटेकले ५० औं मिनेटमा र दोस्रो गोल न्युजिल्यान्डका  लागि विन्स्टन रिडले अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए । यो खेलमा न्युजिल्यान्डका विन्स्टन रिड, टोनी लोचेड र स्लोभाकियाका डेनो स्टि्रभालाई पहेलो कार्ड देखाइएको थियो । विश्वकपको यो बार्‍हौं  खेलमा स्लोभाकियाका रोबर्ट भिटेकलाई म्यान अफ दि म्याच घोषित गरियो ।

खेल नम्बर-१३

आइभोरिकोस्टविरुद्ध पोर्चुगल

आइभोरिकोस्ट र पोर्चुगलबीच भएको समूह जीको पहिलोे खेल गोलरहित बराबरीमा टुङ्गयिो । यो खेलमा आइभोरिकोस्टका गुए डेमेल, डिडियर जोकोरा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पहेलो कार्ड दे खाइएको थियो । यो खेलका लागि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई म्यान अफ दि म्याच घोषित गरियो ।
 
खेल नम्बर-१४

ब्राजिलविरुद्ध उत्तर कोरिया

समूह जीको दोस्रो खेलमा ब्राजिलले उत्तर कोरियालाई १ का विरुद्ध २ गोलले पराजित गर्‍यो । ब्राजिलका लागि पहिलो गोल खेलको ५५ औं मिनेटमा माल्कोनले गरेका थिए भने दोस्रो गोल खेलको ७२ औं मिने टमा इलानोले गरेका थिए । त्यसैगरी उत्तर कोरियाका लागि एक मात्र गोल ८९ औं मिनेटमा जी युनले गरेका थिए । यो खेलमा ब्राजिलका रामिरेस पहेलो कार्ड पाउने एक मात्र खेलाडी थिए । विश्वकपको यौ  चौधौं खेलका लागि ब्राजिलका माल्कोन म्यान अफ दि म्याच घोषित भए ।
Picture
Picture