मन्थन बिचारहरुको

क्याम्पसमा यौन क्रियाकलाप मौलाएको अभिव्यक्तिविरुद्ध पढाइ ठप्प

Picture
कास्की, फाल्गुन २३ - पोखरा नर्सिङ क्याम्पसकी पूर्व प्रमुख लालकुमारी गुरुङले आफै पढाउने क्याम्पसमा वेश्यावृति मौलाएको अभिव्यक्ति दिएको विरोधमा आईतबार देखि  पढाई ठप्प पारी छात्रा तथा शिक्षकहरु विरोधमा उर्तिएका छन् । पूर्व प्रमुख गुरुङले एक  दिएको अभिव्यक्तिप्रति माफी मागेर राजीनामा नदिए सम्म पढाइ बन्द गरी प्रशासन अघि नाराबाजी गरेका छन् । पत्रिकामा उनले चौकीदारहरु क्याम्पस हातभित्र मदिरापन गरेर बस्ने र वेश्यावृत्ति समेत मौलाएको अभिव्यक्ति दिएपछि क्याम्पसका छात्रा, शिक्षक तथा कर्मचारी आक्रोसित भएका हुन । उनीहरुले यस्तो कपोल कल्पित अभिव्यक्तिले आफुहरुलाई लज्जाको स्थितिमा पुराएको भन्दै आक्रोस पोखे । बिहानैदेखि कलेज र आफनो चरित्रहत्या भएको भन्दै छात्राहरु भोकभोकै नाराबाजी गदै दोषीलाई कार्वाहीको माग गरिरहेका छन् । 'हाम्रो कलेजको बेइज्जत भएको छ, यस्तो अभिव्यक्ति दिनेलाई कार्वाही नभए सम्म हामी पढाई संचालन हुन दिने छैनौ,' स्ववियु सचिव पुष्पा शर्माले भनिन,' 'कानुनी कार्वाहीका लागी हामी अदालतको ढोका सम्म पुग्ने छौ ।' क्याम्पसकै बदनाम भएको भन्दै छात्रा, शिक्षक तथा कर्मचारीले  अभिव्यक्ति  दिने पुर्व क्याम्पस प्रमुखको राजीनामा र कार्वाहीको माग गदै आन्दोलित बनेका छन् ।  तर पुर्व क्याम्पस प्रमुख गुरुङले भने आफुले त्यस्तो अभिव्यक्ति नदिएकेा दावी गरेकी छिन् । 'मैले त्यस्तो  अभिव्यक्ति दिएकै छैन आफनो शैक्षिक केन्द्रलाई बदनाम कसरी गर्न सक्छु गुरुङले संचारकर्मीमाझ भनिन् । तर क्याम्पसका छात्रा तथा शिक्षकले भने उनले यस्तो अभिव्यक्ति दिएकोले उनको राजीनामा माग गरेका छन् । 'यो  घटनाले हामीलाई लज्जित बनाएको छ, विद्यार्थीको आँखामा आँसु छ, क्याम्पस प्रमुख भगवति केसीले भनिन,' 'शैक्षिक केन्द्रलाई वेश्यावृत्ति मौलायो भन्नु  दुखद कुरा हो ।' यस्तो अभिव्यक्तिको विरुद्ध शिक्षक, कर्मचारी तथा विद्यार्थी युनियनले छुट्टा छुट्टै विज्ञप्ती प्रकाशित गरी विरोध जनाएका छन् ।  ' तीन वर्ष देखि क्याम्पसको चौकीदारमा कार्यरत छु अहिले अहिले सम्म रक्सी खाएको छैन कृष्ण तिमिल्सनाले भनिन, रक्सी खाएर क्याम्पस हातमा मातिएको भनेर हामीलाई दोष लगाएकोमा आपत्ति छ ।' क्याम्पसमा वेश्यावृत्ति मौलाएको अभिव्यक्ति दिएकी पुर्व प्रमुख गुरुङ अहिले सह-प्राध्यापकको रुपमा सोही कलेजमा कार्यरत छिन् । पाँच वर्ष अघि विद्यार्थीको दबाबमा प्रंमुखबाट हटाइएकी गुरुङले त्यही आक्रोसमा यस्तो अभिव्यक्ति दिएको हुन सक्ने नाम उल्लेख नगर्ने शर्तमा  एक छात्राले भनिन । पत्रकारलाई दुर्व्यवहार समाचार संक्लनका लागि पुगेका पत्रकारमाथि क्याम्पसका केही छात्रा र शिक्षकले माथि दुर्व्यवहार गरेका छन् । उनीहरुले पत्रकार मुर्दावादको नारा लगाउदै समाचार संकलनमा अवरोध गरेका थिए । केहीले पत्रकार माथि हातपातको समेत प्रयास गरेका थिए ।  तस्बिर लिएका पत्रकारको क्यामेरा खोसी तस्विर हटाउन अपशब्द समेत प्रयोग गरे ।  पत्रकारमा आफूहरुको तस्बिर छापिए जे पनि गर्ने धम्की समेत उनिहरुले दिएका थिए ।