मन्थन बिचारहरुको
Picture

Picture

सरुको उचाइ

सामान्य नेपाली महिला मोडलको औसत उचाइ ५ फिट ५ इन्च हो । पोखराकी मोडल सरु लालचन भने यो प्रसंगमा भाग्यमानी छिन् । उनी नेपालका निकै कम अग्ला मोडलमध्ये एक हुन् । उनको उचाइ ५ फिट ८ इन्च छ । उनी अग्ली मात्र छैनन्, उत्तिकै फेसनेबलसमेत छिन् । ठिकठाक डटकममा भर्खरै राखिएका उनका तस्बिर हेर्ने हो भने पनि उनी कत्तिको फेसनेबल तथा स्टाइलिस छिन् भन्ने अनुमान गर्न सकिन्छ । झन्डै १० वर्षअघि पोखरामा सम्पन्न मिस पोखरा प्रतियोगितामा सेकेन्ड रनर्सअपको उपाधि जितेकी सरुले नौ वर्षअघि नै पोखरामा सम्पन्न मिस इन्टर कलेजमा फस्ट रनर्सअपको उपाधि जितेकी थिइन् । दुई दर्जनभन्दा बढी फेसन शोमा क्याटवाक गरिसकेकी सरुले कोरियोग्राफीमा पनि तीन वर्ष बिताइसकेकी छिन् । करिब सात वर्ष जापानमा बिताएकी सरु पछिल्लो समयमा पोखरामा सुस्ताएको मोडलिङलाई उकास्ने तयारी गर्दैछिन् ।