मन्थन बिचारहरुको
Picture

यौन व्यवसायमा नलागेको भन्दै दर्जनौ महिला कुबेतमा बन्धक

सुनसरी, अषाढ ९ - यौन व्यवसायमा नलागेकाले खाडी मुलुक कुबेतको फाहाहिलमा दर्जनौ नेपाली महिलालाई बन्धक बनाएर खुलासा भएको छ । भारतको दिल्लीबाट लगिएका अधिकांश महिलासित नेपाल र्फकन चाहने महिलालाई १ लाख ५० हजार रुपैयाँसम्म फिरौती माग्न थालिएकोछ । फुत्केर दुई साताअघिमात्र नेपाल आएकी एक महिलाले यसवारे उक्त जानकारी दिएकी हुन । नेपाली महिलासमेतको संलग्नतामा खोलिएको एक म्यानपावर कम्पनीले यौन व्यवसायमा नलागेको भन्दै चार दर्जन महिलालाई बन्धक बनाएर राखेको खुलासा उनले गरेकी हुन् । मोरङ् बेलबारीकी जानु गुरुङ्गले काठमाडौं र धनकुटाका दुई महिलाले महिनौदेखि नेपाली महिलालाई बन्धक बनाएर राखेको जानकारी दिइन् । सुनसरीको इटहरीमा बुधबार पत्रकारहरुसित कुरा गर्दै गुरुङ्गले कुबेतीसित मिलेर अलनाका नामक म्यानपावर एजेन्सी खोलेर कुबेत र साउदीमासमेत विक्रि गर्ने र यौनधन्धामा लाग्न दवाव दिने गरेको बताइन् । भनेअनुसार काम नभई अनैतिक काममा लगाउन खोजेपछि आफूले अस्वीकार गरेकाले बन्धक बनाएर राखेको उनले सुनाइन् । यौन कार्यमा संलग्न हुन तर्साउँदै चरम यातना दिएको उल्लेख गर्दै गुरुङ्गले आफूसँगै २६ महिलालाई एकै ठाउँमा बन्धक बनाएको बताइन । बन्धकमा रहदा एक छाकमात्र खान दिइएको थियो । हरेक दिन धम्की दिइन्थ्यो । 'भनेको पुरुषसित गएर काम नगरे ज्यानै लिने धम्कीसम्म दिइयो' गुरुङ्गले भनिन-'उनीहरुले तिमीहरु मरे पनि मर मतलब छैन भनेर धम्क्याए ।' गुरुङ्सहित केही महिलालाई घरको काममा केही महिना लगाइएको थियो । 'पछि त अनैतिक काममा लगाउन खोजेपनि मसहित २६ जनाले प्रतिकार गर्‍यौ' उनले भनिन । गुरुङ्गलाई नेपाल र्फकन श्रीमान्ले ५० हजार पठाएका थिए । रकम दलाललाई दिएपनि सकुशल उम्कन नसकेकी उनी त्यहाँबाट भागी जेलमा डेढ महिना बस्नुपरेको थियो । डेढ महिना कारागारमा बस्दा दुई नेपाली महिलालाई मानसिक रुपमा विक्षिप्त अवस्थामा पाएको उनले जानकारी दिइन । उनीहरु उदयपुर रामपुरकी चन्द्रकला तामाङ्ग र अर्की एक महिला थिइन । जेलमा उनीहरु हाँस्ने रुँने कराउँथे । 'घर जान देउ' भन्दै बिलौना गरेको प्रत्यक्ष देखेको उनले बताइन । २०६६ साल बैशाखमा खाडी गएकी जानुले कारागारभित्र १ सयभन्दा बढी महिला रहेको उनले बताइन । परिवारले पैसा पठाउन नसक्दा धेरै महिला घर र्फकन नसकेकाले सरकारले तत्कालै पहल गर्नुपर्नेमा उनले जोड दिइन । आफूले भेटेका दुवै महिलाको शरीरभरी निलडाम थियो । दुवै लाखौ खर्चेर आकर्षक रोजगारीको लोभमा त्यहाँ पुगेका थिए । उनीहरुलाई आफूलाई यौन व्यवसायमा लगाउन खोज्ने समूहले नै त्यस्तो अवस्थामा पुर्‍याएको गुरुङ्गले बताइन । उनकाअनुसार सुनुवारले काठमाडौं, वुटवल, गोरखा, मोरङ, झापालगायतबाट दर्जनौ महिलालाई ललाई-फकाई कुवेत लगिएकोछ । आफूसँगै मोरङ् केरावारीबाट कुवेत पुगेकी एक महिलालाई बेपत्ता बनाइएको उनले जानकारी दिइन । केही साताभित्र पिडित महिलाको उद्धार गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने गुरुङ्गले माग गरिन । 'होइन भने धेरै नेपाली महिलाको विजोग हुनेछ' उनले भनिन-'सरकारले पहल गर्नुपर्छ भनेर कहाँ भन्नु ? पत्रकारलाई भन्दा अखबारमा समाचार आउँछ र सुनवाई हुन्छ भन्ने सुनेर तपाईहरु -पत्रकार) हरुको सम्पर्कमा आएको हु ।'

अनैतिक सम्बन्ध राखेको भन्दै महिलालाई घर निकाला

परासी , अषाढ १८ - पर पुरुषसंग अनैतिक सम्बध राखेको भन्दै यहाका एक महिलालाई घरबाट निकाला गरिएको छ । नवलपरासी सनई गाविसकी ३० बषिर्य सुलोचना सहानीलाई एक छोरा र दुई छोरी सहितलाई उनको घर परिवारले घर निकाला गरेका हुन् ।   एक साता अघि दात दुखेको र घर परिवारलाई उपचार गराउन भन्दा नमाने पछि गाउकै एक जना पुरुषसंग परासी बजार उपचार गराउन आएकी सहानीलाई अनैतिक सम्बन्ध राखेको भन्दै उनका ससुरा शंकर र जेठाजु मदनले बस्दै आएको घरमा ताला लगाई घरबाट निकाला गरेको पिडित सुलोचनाले बताईन् । श्रीमान विरेन्द्र विदेश गएको बेला देखी नै मानसिक यातना दिदै आएका घरपरिवारले घर निकाला गरे पछि पिडित सुलोचना न्याय माग्दै जिल्ला प्रहरी कार्यालयको महिला सेल आएकी छिन् । १० बषिर्य छोरा शिाकु,७ र ५ बर्षकी   छोरी क्रमशः पुजा र दर्जासंगै प्रहरी कार्यालय आएकी सुलोचना गलत आरोप लगाएको जनाउदै उनि खाना र बासको ब्यवस्था मिलाई दिन प्रहरीमा उजुरी समेत दिएकी छिन् ।     श्रीमान विदेश र ससुरा जेठाजुलले घरनिकाला गर्दा अलपत्र परेकी महिलाको माईता भारतमा रहेको भारतमा जादा छोराछोरीको पढाई छाड्नु पर्ने अवस्था रहेकोले घर परिवारसंग बासको ब्यवस्था मिलाई दिन महिला अधिकार संघ सस्थासंग गुहार मागेको छिन् । यता ससुरा शंकरले पटक पटक गाउका केटासंग अनैतिक सम्बन्ध राखेकोले आफुहरुको ईज्जत गएको भन्दै घर निकाला गरेकोले घर निकाला गरिएको बताए । उनी बालबालिकाको स्याहार गरे पनि बुहारी सुलोचनालाई घरमा पस्न नदिने जनाएका छन् । ससुराले बालबालिकालाई राख्न भने पनि बालबालिका आमालाई छाडेर बस्न नमानेकोले विवाद मिलाउन समस्या भएको महिला सेलकी ईन्चार्ज सिता पराजुलीले बताईन् । उनि महिलालाई पुर्नस्थापित गराईने बताउदै घरपरिवारले नमाने कानुन बमोजिम कार्यवाही गरिने जनाइन् ।


गायिकाले वाइन पिएपछि   Jun 18, 2010

Picture
नियन्त्रित रूपमा पिए स्वास्थका लागि फाइदाजनक मानिएको एउटा पेय पदार्थ हो वाइन । अल्कोहलको मात्रा न्यून हुने भएकाले वाइन महिलाहरूमा उत्तिकै पि्रय छ । बजारमा उपलब्ध रेड वाइन तथा ह्वाइट  वाइनका पारखी प्रायः महिला नै हुन्छन् । पार्टीमा वाइन ग्लास बोक्ने महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ । अन्य महिलाहरूझैं गायिका अञ्जु पन्त पनि वाइन पारखी हुन् । पार्टिहरूमा उनी प्रायः वाइन नै  पि्रफर गरिरहेकी हुन्छिन् । घरायसी जमघटमा पनि उनी वाइन नै रुचाउँछिन् । यद्यपि अञ्जुलाई वाइनकै कारण बेलाबखत धोका हुन्छ । हालैको एउटा पार्टीमा अलि बढि नै पिएकी अञ्जुले भोलिपल्ट एउटा  स्टुडियोमा गीत रेकर्डिङ गर्न सकिनन् । निर्धारित समयभन्दा दुई घण्टा ढिलो स्टुडियो पुगेर गीत रेकर्डिङ गर्न लाग्दा अञ्जुले भनिन्— 'आज गाउन सक्दिनँ, पछि गाउँला ।'