मन्थन बिचारहरुको

चलचित्रम/समाचार

Picture

म माओवादी होइनः रेखा  Jun18, 2010

Picture
'कलाकार पार्टीको कि राष्ट्रको ?' प्रश्नको जवाफभन्दा पहिले नै नायिका रेखा थापाले लाडे स्वरमा भनिन्— 'नाइँ, राजनैतिक कुरा नगरौं न ल ।' माओवादीका आमसभाहरूमा ग्ल्यामरस छवि प्रदर्शन गरेर केही  विवाद अनि धेरै चर्चामा रहेकी हट नायिका थापाले केही बेरको छलफलपछि भनिन्— 'डेफिनेट्ली राष्ट्रको' ।

केही समयदेखि माओवादीका आमसभाहरूमा देखिनु राजनीति र ग्ल्यामरलाई अन्तरघुलन गराउन नभएको उनले प्रस्ट्याइन । राजधानीको पिरामिड कलेजले विराटनगरको एक होटलमा आयोजना गरेको कायर् क्रममा ब्रान्ड एम्बेस्डरका रूपमा आएकी थापाले आफू पहिले विशुद्ध कलाकार भएको जिकिर गर्दै भनिन्— 'म पार्टीको होइन, राष्ट्रिय झन्डामुनि मात्र गर्व गर्छु । लोकतान्त्रिक प्रणालीमा कलाकार कुनै पार्टीको  नजिक हुनुलाई आश्चर्यका रूपमा नलिन आग्रह गर्दै रेखाले भनिन्— 'अमेरिका, भारत जुनसुकै मुलुकमा पनि कलाकारहरू राजनीतिमा लागेका छन् । अमेरिकाको टेक्सास राज्यका गभर्नर आरनोल्ड हुन् अथवा  भारतका चर्चित नायक  गोविन्दा दुवै कलाकारिताबाटै राजनीतिमा आएका हुन् ।' राज्यको मूल प्रवाहको राजनीतिमा कलाकारहरूको पनि योगदान आवश्यक रहेको उनले बताइन् । यद्यपि संविधानसभामा एक  जना पनि कलाकारलाई कुनै पार्टीले पनि सदस्य नबनाएकोमा भने उनको चित्त दुखेको रहेछ ।

आफू माओवादीको सदस्य नभएको बताउँदै कलाकारले राजनैतिक दलको नीति तथा कार्यक्रम मन पराउन सक्छन्, तर त्यसो हुँदैमा ऊ त्यही पार्टीको भन्न नमिल्ने तर्क उनले गरिन् । मलाई अनुरोध गरियो, म  त्यहाँ गएँ । अहिलेसम्म कुनै पनि पार्टीले आमसभामा कलाकारलाई त्यसरी नबोलाएको तर माओवादीले पहिलो पटक अनुरोध गरेकाले आफू गएको रेखाले बताइन । 'अरू पार्टीले बोलाए पनि म जान्छु तर पार्टीको  झन्डा भने बोक्दिनँ,' आफू राजनीतिमा आउने बेला भैनसकेको बताउँदै अबको १० वर्षपछि भने यस विषयमा सोच्ने रेखाको धारणा थियो ।


गायिकाले वाइन पिएपछि   Jun 18, 2010

Picture
नियन्त्रित रूपमा पिए स्वास्थका लागि फाइदाजनक मानिएको एउटा पेय पदार्थ हो वाइन । अल्कोहलको मात्रा न्यून हुने भएकाले वाइन महिलाहरूमा उत्तिकै पि्रय छ । बजारमा उपलब्ध रेड वाइन तथा ह्वाइट  वाइनका पारखी प्रायः महिला नै हुन्छन् । पार्टीमा वाइन ग्लास बोक्ने महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ । अन्य महिलाहरूझैं गायिका अञ्जु पन्त पनि वाइन पारखी हुन् । पार्टिहरूमा उनी प्रायः वाइन नै  पि्रफर गरिरहेकी हुन्छिन् । घरायसी जमघटमा पनि उनी वाइन नै रुचाउँछिन् । यद्यपि अञ्जुलाई वाइनकै कारण बेलाबखत धोका हुन्छ । हालैको एउटा पार्टीमा अलि बढि नै पिएकी अञ्जुले भोलिपल्ट एउटा  स्टुडियोमा गीत रेकर्डिङ गर्न सकिनन् । निर्धारित समयभन्दा दुई घण्टा ढिलो स्टुडियो पुगेर गीत रेकर्डिङ गर्न लाग्दा अञ्जुले भनिन्— 'आज गाउन सक्दिनँ, पछि गाउँला ।'