मन्थन बिचारहरुको
दूतावासमै महिला अलपत्र

दोहा -कतार), अषाढ २३ - अरबी साहुको घरमा अत्यधिक कामको बोझ भएपछि भागेर साउदी अरेवियाको रियादस्थित नेपाली दूतावास पुगेकी एक महिला दुतावासमै अलपत्र परेकी छन् । घरेलु कामदारको रुपमा साउदीका एक साहुको घरमा काम गर्ने पटियानी-७, बरम्पुर, चितवनकी हर्कमाया बिक एक महिना पहिला भागेर दुतावास पुगेकी थिइन् । आफूले काम गर्ने साहुको घर पत्ता लगाउन नसकेपछि आफ्नो कमाई र सामान डुब्ने भो भन्दै दुतावासमा रोएर बसेकी छन् । घरेलु कामको लागि मुम्बईको बाटो साउदी पुगेकी ४० वषर्ीय विक शुरुमा एक साहुको घरमा २ वर्ष काम गरेपछि उनले आफ्नै ससुरालीमा लगेर राखिदिएका थिए । तर शसुरालीमा कामको चर्को बोझ भएपछि उनी भागेर सोधखोज गर्दै दूतावास पुगेकी हुन् । उनको साथमा पासपोर्ट, भीसा, परिचयपत्र -पतका), साहुको फोन नम्बर केही नभएपछि उनी दूतावासमै अलपत्र परेकी छन् । 'घरमा लगाएका कपडा बाहेक केही नलिइ भागेर आएँ, मेरो कमाई र लगाउने गहना सबै साहुकोमा छन्' कान्तिपुरसंगको कुराकानीमा उनले रुदै विलौना गरिन्-' पहिलाको साहु भेटाएर मेरो पैसा र सामान पाउन पाए, म घर र्फकने थिएँ ।' उनले शुरुमा काम गरेको साहुको घरमा ४ सय रियालका दरले २ वर्षको ९ हजार ६ सय - १ लाख ९२ हजार रुपैया) र नाक-कानमा लगाउने गहना छाडेको बताएकी छन् । 'माईतीमा भाईले किनिदिएको गहना पनि साहुको घर भएर मैले लगाउन पाएकी छैन' उनले भनिन्-'साहुको नम्बर मेरो छोरोलाई थाह छ तर छोराको नम्बर पनि साहुकै घरमा छुट्यो ।' उनको जेठा छोरा कालिका दुई बर्ष अघिदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा छन् । रियादस्थित दुतावासमा प्रमथ सचिव खड्गप्रसाद दाहालले उनीसंग कुनै कागजात र संपर्क नम्बर नभएर उद्धार गर्न नसकिएको बताएका छन् । 'कसरी सहयोग गरौं ? न उनीसंग कुनै डकुमेण्ट न फोन नम्बर नै' दाहालले कान्तिपुरलाई भने-'साहु पत्ता लगाउन सके हामी उनको पासपोर्ट र सामान झिकाएर स्वदेश पठाउने व्यबस्था मिलाउने थियौं ।' निरक्षर बिक पहिले नै श्रीमान्को मृत्युपछि कान्छो छोरा कमललाई घरमै छाडेर वैदेशिक रोजगारमा आएकी बताउँछिन् । उनकी एक छोरीको विवाह भईसकेको छ । आफुलाई कुबेत पठाउने भनेर एजेण्टले साउदी पठाएको उनको भनाई छ । दुतावासले उनलाई भरतपुरबस्ने नीरा गुरुङ र उनका पति दिलबहादुर लामाले ४ हजार रुपैया लिएर पठाएको जानकारी पाएको जनाएको छ । बिक साहुको घर पत्ता लगाउने भन्दै एक पटक २० दिन दूतावास छोडेर हिडेकी थिइन् । प्रहरीले पक्रेर छोडिदिए पछि पुनः उनी दुतावास आएकी छन् । साउदीमा महिलालाई सार्वजनिक स्थलमा श्रीमान् वा अभिभावकसंग बाहेक एक्लै हिड्न नपाइने कानुन भएको दुतावासले जनाएको छ ।