मन्थन बिचारहरुको

पोखरामा यौन व्यवसाय गर्नेहरु बढे

 कास्की-, जेष्ठ २५ -  पर्यटकीय नगरीमा खुलेका केही रेष्टुराँहरुमा यौन व्यवसाय फस्टाएको छ । पर्दा लगाएका क्याबिन रेष्टुरेण्टमा युवति नै राखेर  सञ्चालकहरु यौन व्यवसायमा लागेका छन् ।     कोठा भाडामा लिएर मोवाइलबाट ग्राहक बोलाएर यौन व्यवसाय गदै आएकी हैटौडाकी  मेनु कार्की -नाम परिवर्तन) ले यही व्यवसायबाट  आम्दानी भएको बताईन् ।     उनले बाहिरबाट आउने ग्राहकलाई सम्पर्क गरेर यौनधन्दा गर्दै आएकी छिन् ।  'रोजगारी पाईदैन अरु के गर्ने छ,' हाकाहाकी उनले भनिन्, 'जीवन जीउनु पर्ने बाध्यताले यो पेशा रोजंे ।'   अरु तीन जना युवतिहरु संग  मिलेर उनले  व्यवसाय  गर्दै आएकी छिन् ।     केही समय अघिसम्म सुस्ताएको यौनव्यवसाय  यतिबेला पोखरामा फस्टाएको छ ।  साना खालका रेष्टृुरा मात्रै हैन नाम चलेका होटलहरुमा यौनधन्दा हुन थालेको छ । स्रोतका अनुसार पोखराका केही तारे होटलमा समेत यौनधन्दा फस्टाउन थालेको छ ।  प्रहरीले होटल तथा रेष्टुरामा निगरानी  कम राख्न थालेपछि  यहाँ यौनव्यवसायी फस्टाएको  गुनासो सर्वसाधरणको छ ।        यहाँका  ३  सय ८५ रेष्टुरामा  २ हजार महिला कामदार रहेका छन् । आधा भन्दा बढी महिलाहरुले यौन व्यवसाय अंगालेका  एचआईभी तथा यौन व्यवसाय महिलाको बारेमा अध्ययन गरेका  सिसिएम का केन्दि्र सदस्य दिलिप दोषीले बताए ।  'केही समय यता छिनभिन्न भएका यौन व्यवसायीहरु फेरी संगठीत भएर व्यवसायमा आएका छन्  उनले भने, 'प्रहरी निगरानी कम हुदाँ यौन व्यवसाय फस्टाएको हो ।' रातीको समयमा  यौनधन्दा हुदै आएकोमा केही समय यता दिनदहाडै होटल रेष्टुरा तथा कोठा भाडामा लिएर यौन व्यवसाय हुन थालेको छ ।'   उनका अनुसार बिस्थापित भएका १ हजार यौनकर्मि मध्ये आधा भन्दा बढी पुन यही पेशामा फर्किएका छन् ।      यौनव्यवसायमा लाग्नेहरु प्रायः बाहिरबाट यहाँ आउँने अविवाहित युवतिहरु छन् ।  'गरीबी, द्धन्द्ध, पारिवारिक अपहेलना र बेरोजगारकै कारण यौन व्यवसायमा लाग्ने महिलाहरु बढेका छन्,'  सामाजिक विकृति विरुद्ध अनुगमन समितिका पुर्व संयोजक मिनप्रसाद भट्टराईले भने 'बेरोजगारी समस्याकै कारण यौन व्यवसाय फस्टाएको हो, राज्यले नियन्त्रण गदैन  भने  रेडलाइट एरिया  तोकि दिनुपर्छ ।'        यहाँको बाग्लुङ बसपार्क, सृजनाचोक , महेन्द्रंपुल, चिप्लेढुङ्गा, वैदाम, बगालेटोल  पार्दि  यहाँका बढी यौन व्यवसाय हुने क्षेत्रहरु हुन ।           १३ वर्षदेखिमाथिका यो व्यवासयमा लागेका छन् । तिनीहरुमा आधा भन्दा बढीले आफनै ग्राहक खोज्ने गरेका छन् । यौन व्यवसाय महिलाहरुको अनुसार  उनिहरुका पहिलो ग्राहक व्यापारी हुन त्यसपछि सरकारी कर्मचारी, प्रहरी सेना र  मजदुर र भारतीय पर्यटक पनि छन्  ।      प्रहरीले अन्य अपराधिक घटना नियन्त्रणको प्रयास  गरेपनि फस्टाउदै गएको यौनव्यवसायतर्फ निगरानी नराख्दा यसमा लाग्ने युवतिहरु दिनदहाडै यौन कि्रयाकलापमा लाग्न थालेका छन् ।   'यौन कि्रयाकलाप भएको भए हामी रेष्टुरेण्टमा छापा माछौ,' जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विश्वराज अधिकारीले भने,  'नियन्त्रणको प्रयासमा हामी लाग्ने छौ ।'     रेष्टुरेण्टमा काम गर्ने मात्रै हैन मोवाइलको भरमा ग्राहक बोलाएर यौनव्यवसायी गर्नेहरु पनि बढेका छ