मन्थन बिचारहरुको
Picture

नेपाली यूवाहरुको विदेश यात्रा

Picture
 अमिर बहादुर राउत

विश्वको शिखर सगरमाथाको देश नेपाल, शान्तिका दूतका ज्ञाता बुद्धको देश नेपाल, अनेकौं सम्पदाहरुको भण्डार भएको देश नेपाल, तापनि नेपाली यूवा रोजगारको निम्ति विदेश पलायन हुनुमा रहर नभई बाध्यता जस्तै भएको छ । जसमा वैदेशिक चालखेल, राजनैतिक अन्योल, धमिलित सामाजिक वातावरण, साथै सम्पूर्ण क्रियाकलाप नियम विपरीत भई दिनाले आज यो कर्मठ नेपाली योद्धा, भावि कर्णधारहरु आफ्नो जम्मभूमी, मातृभूमी, घर परिवार, बुवा आमाको काख, साथी सँगातिहरुको हातेमालो ह्ृदयकी ती आफ्नी प्यारीको अँगालो लगाएत हिमाल, पहाड, तराईका बन, पाखा, खोला, झरनालाई चटक्क छोडि विदेशको भूमीमा रगत पसिना एक गरिरहन परेको छ । त्यति मात्र कहाँ हो र ? सयकडा तीन, पाँचको साहुजीको ऋण, खेत घर बन्दकी सम्म राखेर तीन चार लाख जम्मा गरि कहाँ जाने भन्दा सन्सारले खतरा सावित गरेको देश अफगानिस्तानमा ! जुन प्रवेश आज्ञा निशेधित देश हो ! त्यहि पनि बेरोजगारीले डामेका डोबहरुमा मलम पट्टी कस्न एउटा दलाल नाम गरेको मान्छेलाई तीन लाख पचास हजार दिएपछि यात्रा तय हुन्छ तालिवानको देशमा । दलाल भोली ! र कम्पनी राम्रो छ ! भन्ने शब्दलाई करोँडौँ पटक यौटा मान्छेमा प्रयोग गर्दछ । यहि शब्दलाई आत्मसात गर्दै कोहि भारतको बाटो हूँदै कोहि सिधा दुबई भ्रमण भिषामा आइयो । बख्राको खोरमा झैँ खाँदिएर गुन्द्रक झैँ जीवन दुबईको जुन हाम्रो जीवनको सबैभन्दा भीषण क्षण थियो । पासपोर्टमा कुनै छाप बिना हामी शरणार्थी झैं थियौं दुबईमा । दुबईको बसाई कुनै अनावृष्टि भएको ठाउँ जस्तै थियो नखाने सुविधा ! न बस्ने सुविधा ! जीवन जेलको नेलमा बाँधिएझैँ थियो । आज भोली भन्दा भन्दा कोहि एक महिना कोहि दुई महिना कोहि तीन महिना पछि कोहि काठमाण्डौ र कोहि दिल्ली हुँदै नेपाल फर्कने क्रम जारी हुन्छ ।

                दिनहरु दिन भन्दा दिन कष्टकर हुँदै जान्छ र अन्त्यमा अफगानको यात्रा शुरु हुन्छ । जबर्जस्ती विना भिषा एउटा जहाजमा रिजर्भ गरी अफगानको मरुभूमीको बगरमा छोडिँदोरहेछ । जहाँ विश्वको शक्तिशाली हुँ भन्ने अमेरिकाले अफगानलाई उपनिवेश बनाई सम्पूर्ण चिज कब्जा गरि हैकम जमाएको रहेछ । यहाँ नेपालमा राणाहरुको के निरंकुश त्यसको बाउ शासन रहेछ । नियम कानुन अमेरीकन, भूमी अफगान हुँदा हुँदा यहाँपनि दलालहरुको कमिशन खाएर बचेको थोरै तलब पाइँदो रहेछ । अमेरिकन आर्मीहरुको क्याम्प भित्र हामीलाई एक प्रकारको जेल जीवन भन्दा फरक नपर्ने । खान बस्नको मनग्यै सुविधा तर वातावरण उरठलाग्दो धुलो धुवाँ लञ्चर ! बमहरुको असँख्य आवाज सिमित क्षेत्र भित्र मात्र हिँड्ने बस्ने यसले गर्दा मानसिक यातना पाए झैँ हुँदो रहेछ । पचास डिग्रीको तातो जान खोज्छ सातो ! जाडोमा अति जाडो विभिन्न ठाउँबाट रोजगार गर्न आएका मान्छेहरु मध्ये भारतीय साथिहरु पनि हुँदारहेछन् । तर उनिहरुको अमित्रवत् व्यवहारले घरी घरी पारो तातेर आउँछ । झटारो हानौँ कि झैँ लाग्छ तर तीन लाख सम्झँदा हातको झटारो हातमै रहन्छ । नेपालको यादले सताउँछ नेपाल जान मन लाग्छ तर साहुको ऋण बाँकि नै छ । घरमा बिहानै साहु आउँछ, पैसा माग्छ, बाबा र श्रीमतिले भन्छन् महिना सिध्धीनासाथ दिन्छु । महिना सिधिन्छ पैसा जान्छ तर सबै ठाउँ बाँड्दैमा सिधिन्छ । यस्तै हुँदा हुँदै दलेले खाएको पैसा तिर्नको लागी भएपनि डेड साल बस्नै पर्छ । बाध्यता यस कम्पनिको एक सालमा पठाउँछ । बल्ल बल्ल दलेको ऋण तिरेर जेल जीवन मुक्त हुन्छ ।
 
साथी हो यहाँ यस्तै छ चलन, मेरो भन्नु मात्र यो हो कि हामी आफ्नै देशमा सुःख दुःख बाँच्न सिक्नु नै ठूलो भलो हुनेछ । यस्तै हामी जस्तै लाखौँ लाख यूवाहरु विभीन्न मुलुकमा दर्दनाक जीवन बाँच्न बाध्य छन् । यो अफगान आउन थोरै खर्च बाहेक सबै दलेले खाँदा रहेछन् । यदि विदेश नआई नहुने हुँदा सीपमूलक काममा दक्ष बनी दलालको फन्दा बाहिरबाट प्रवेशाज्ञा भएको मुलुकमा जाँदा राम्रो भन्ने सल्लाह छ है साथि हो । सकेसम्म विदेश नआउँदा राम्रो आएमा जानबुझ गरी आउँदा राम्रो यो अफगानको मरुमूमीबाट ज्यान बचाएर नेपाल पुर्याउनु ठुलो कुरा हुन्छ । आर्थिक योगफल हिँजोकै कायम रहन्छ । नेपाली यूवाहरुको अफगान यात्रा यस्तै चलिरहन्छ । । ।


    तपाईंको प्रतिकृया

अब मरुभुमीमा फर्किन्न म !           -सुविन श्रेष्ठ

Picture
कसको मन भित्र को पस्न सक्छ र आखिर कोही पनि सक्दैन । तर मेरो मन भित्र आज खुशी पसेको छ । यति खुल्ला र निर्वाध रुपमा पसेको छ की खुशी व्यक्त गर्ने शब्दहरुको अभाव महसुस भईरहेको छ । विदेश बसाँई नलम्बाउने निश्चित भएपछि खुशी जन्मिने मौका पायो । यता स्वदेश फर्किएर पुरानै भीडमा अलमलिएर के गर्ने होला दर्जनौ प्रश्नहरु एकैपटक धनुषका तार र्झै खिचिए । मेरा आत्मविश्वासहरु भने दोमन मनलाई टेकेर उक्लिएको छ । १७ तारिख सोमबार निर्णय पारित भयो । त्यो दिनबाट वरिपरिका हर कुराहरु नाच्न थालेका छन् । खै किन हो मेरो खुशीमा नाचेका हुन् की भन्ने लागेको छ । अक्षरहरु पनि नाच्न थाले । मन चंगा बनेको छ । एक अर्थमा यो उतेजक निर्णय पनि हो । किनभने यस्ता आँट यहाँ शायदै कसैले गर्ला । मेरो लागि सहजतापुर्वक यो निर्णय गर्ने कुनै कठिनाई भएन । यसकारण मेरो राजिनामा भयो किनकी म मेरो देशको परिवर्तन हेर्ने चाहन्छु । म मेरो देशका विकास क्रम सँगै आफुलाई सहयात्रा गराउन चाहन्छु । म जिम्मेवारीबाट फेरि भाग्न चाहन्न । देशको प्रगति र दुर्गतिबाट अनभिज्ञ बन्दै टाढिन चाहन्न । दुख र सुखको कार्यथलो स्वदेश नै बनाउन चाहन्छु । त्यही रमाउन चाहन्छु । विगतमा जस्तै म भाग्न चाहन्न । अव म फर्किदैछु अनि आफ्ना नयाँ केही आत्मविश्वास र अनुभवहरु त्यहाँ मेरो थलो लगानी गर्ने चाहन्छु । थोरै सही तर केही फराकिलो मानसिकता ओछ्याउने प्रयत्न गर्नैछु ।

प्रकाशोन्मुख संस्मरणको नाम राखेर दुई बसन्तका कुरा लेख्न मन लागेको थिएन । तरपनि विषयगत बिन्दु नफर्किने भएकोले यो शीर्षक पहिलो श्रेणीमा परॆको हो । म यहाँ खुल्ला भएर बाँचे । सबैसँग मिलेर हाँस्न खोजे । सबैका पीर र पीडामा आधा भएर रमाउन अनि रुन खोजे । यात्रामा विद्धान मित्रसँग पनि हातमालो गर्ने मौका पाएँ । मित्र केही उठेपछि धरातल विसर्िएछ म एक साधरण मान्छेलाई देखेनन् । मित्र आफ्नै दुनिया मस्त छ । म ईच्छा छ । उसको उडान अझ चुलियोस् । शुभकामना यही छ । फेरि मित्रलाई सम्पर्क नगरी बिना खबर टाढिदैछु । मित्र तँपाईका शुभ प्रगतिका कुराहरु स्वदेशमा रहँदा पनि सुन्न पाईयोस् ।

यात्राभरि नश्वर देहको आत्मा धर्ममा धैरैपटक अल्झिएको छ । निरन्तर धुपबती र पाठ अनि साँझको बिस्रजन पाठ जारी नै छ । फरक देशका फरक मित्रहरुसँग आत्मिय मायामा बाँधिएर पवित्र धर्मस्थल पुगेको छु । ईडविन मोरिससँग क्राईस्ट समक्ष झुक्न चर्च, साहेव िसंहसँग बायोगुरु पुकार्न गुरुद्धार, अमजदसँँग अल्लाह पुकार्ने मस्जिद यात्रा, निकै पटक सम्पन्न भयो । आखिर धर्मको मार्ग फरक भएपनि पुग्ने र पुकार्ने गतब्यको निराकार बिन्दु एक रहेछ ।

साथीहरुका फरक बिचार र बोली सबै मनमा बसाएर एक उच्च शिखर आरोहणको लागि म जाँदैछु । सबैका परस्पर प्रश्न तँपाई किन जाँदै हुनुहुन्छ यो बेला म अलमलमा पर्छु । म दोधारे बन्छु । मैलै कति कमाउने र कति विदेशमा बस्ने यसको जवाफ वर्षभरि खोजे र खोजिरहे । मनको कतैबाट पनि उतर आएन । अनि जवाफविहिन परिवेशमा अलमलमा पर्नु भनेको आफ्नो जिन्दगीलाई अलपत्र बनाउनु हो । यही निधोको निष्कर्षमा म जाँदैछु नफर्किने गरि । सदाको लागि दोहाबाट दुर ।

मेरो प्रस्थानको समाचारमा रमाउने साथीहरुका चेहराका खुशीहरु मैलै पढ्न भ्याएको छु । अनि साँच्चै दुखित भएका मित्रहरुका आत्मामा परेको सम्बन्ध बिछोड पनि मैलै संगालेको छु । यस्तै उपक्रममा मिहिनेती जुक्ता मेकानिक देखि उच्च ओहदाका आदरणीय दाजु सम्मलाई मायाका बिशाल कोसेली चढाउँदै म दोहाबाट दुर हुदैछु । फेरि दुई दशै र दुई तिहारको रौनकता र याद पनि कैद छन् । यही जमघटमा आमा ईन्द्रकुमारी नेपाल र भाउजु वीणा खड्काको हातबाट टिका र आशिर्वादले यो मनमा सर्व सन्तुष्टि मिलेको छ । साथै तिहारै माहौलमा नेपाली चेलीसँग देउसी र भैलो मनमा बाँधेको छु ।

राजिनामाको निर्णयमा मैलै कसैको साथ लिएको छैन । यो आत्मनिर्णय हो । आत्मा र विश्वास साक्षी राख्दै अन्तिम सम्झौता गर्दछु दोहासँग । हे दोहा तिमी मेरो लागि एक नयाँ साथ बन्यो । नयाँ आत्मविश्वास बन्यौ । अनि तिम्रो भुमिमा कमाईका पाखुराले बाटो खनिरहेका पसिना चुहाईरहेका सबैका दृश्य र अवस्थाको वास्तविक चित्रमा दृष्यमय हुने मौका पाईयो । दुई बसन्तका अनेक रंगहरु पोतिएको यो वर्तमान निर्णय यो परिवेशमा जाति छ । यता फेरि मेरो कतार आगमनको कथा रमाईलो छ । किन बिदेश आएँ शायद यसबारे कमैलाई चासो होला । त्यो विषयमा कलम अरु कुनैबेला चलाउँन्छु ।

हरियो बुक अर्थात पासपोर्टमा मेरो पेशा पत्रकारिता लिखित छ । जीवन यात्रा र नाम उकास्ने मनसायले जिल्ला प्रशासन कार्यलयमा पत्रकार भएको प्रमाण दिएपछि यो उपलब्ध भएको थियो । यता म कार्यरत कम्पनीमा यसबारेमा निकै ठुलो चर्चा छ जतिलाई थाहा छ त्यतिलाई मात्र । नत्र फुक्ने र समाचार सुनाउने मेरो बानी छैन । यसमा फेरि मेरो यो पत्रकारिताको निरन्तरताबारेमा कम्पनी व्यवस्थापनलाई थाहा छ । मैनैजर देखि अरु नेपाली मित्रहरुसम्म म परिचित हुन नचाहेरै पनि परिचित हुन पुगे । त्यसपछि जिम्मेवारी हवातै बढेको अनुभव छ ।

दोहा शहरमा दश महिना बित्दा नबित्दै एक संस्मरण जन्माउने धोको पलाएको थियो । चिरपरिचित भीडमा रहस्य नलुकाउने बानीले यो भन्न बाध्य गराएको थियो । त्यो ईच्छा पुर्ण हुने भयो । अब फर्किन्न म शीर्षकको संस्मरणको अन्तिम चरणको समाप्ति स्वदेशमा गर्नुछ । यसैको लागि पनि राजीनामा पत्र सुम्पेको हुँ । दोहाबाट दुर जान खोजेको हुँ । नत्र कसरी जीवन्त बन्छ यो मेरो संस्मरण ।

बसाँई भित्र अलमलिएर निकै चिरपरिचित स्थानमा टेक्न पाँए । फेरि मनमा वास्तवमा कतारमा के छ भनेर खोजीमा लागेको थिए । बिशाल भवनको अल्झिएको दोहा शहर साँच्चै शान्त छ अनि एक्लो पनि । दुर क्षेत्रहरुमा म बहराईनको बोर्डर पुगॆको छु । अनि कति स्थानहरुमा बिना खबर पुगेको छु । अनेक शहर घुमे आँखामा बसाए अनि उँटका भीडमा हराउन पनि पुगे । मरुभुमिमय मैदानमा दौडिएको अनि बालुवाको पहाडमा खुल्ला हावासँग गाएको निश्चल समुन्द्रको सौन्दर्यमा मोहित भएका आँखाहरु खै कसरी भुल्ने होला ।

मेरो कतार बसाँईका अनेक शुन्य यात्राहरुमा पाँच हितैषी मित्रहरुलाई अग्रपंक्तिमा राखेको छु । वहाँहरुको संगत नभएको भए पंक्तिकार पागल हुन्थ्यो । वहाँहरु मेरा लागि आदरणीय बनेका छन् । मनमा हरेक नशामा बगेका छन् । वहाँहरु ओशो, स्वेड मार्डन, गुलाम अली, जगजीत िसंह र स्वर्गीय स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ । मैलै हर कदममा ओशोको मौनयात्रालाई आत्मसात गर्दे जीवनको आत्मा चुमेको छु । भाग्य लिखित अपुरो निधार नक्शालाई बदल्ने प्रयासमा स्वेड मार्डनसँग आन्तरिक तहको मनबाट प्रत्येक पटक भलाकुसारी गरेको छु । शुन्य पलमा एक्लो हुदाँ चन्द्रमा साक्षी राख्दै गुलाम अलीसँग गाएर साँझ कटाएको छु । ढल्दो समय र दिनका कथालाई जीवन बन्धकी राखेर जगजीतसँग सहयात्रा गरेको छु । अनि वाचा कसम नेपाली स्वच्छ मनका यादगार फुलमालाहरुमा र लाली गुराँसका गाथाहरु नारायण गोपालसँग नजिकिएर उनेको छु ।

यही मौकामा आज थप परिचय पनि खोल्न चाहन्छु । सबै मित्रहरुमा अवगत होस् की दुई बसन्तको जाडोगर्मी यात्रामा एउटा परिचय लुकाउँर्दै आएको थिए । भर्खरैको अनेसास कविता प्रतियोगिता हुनु पुर्व दर्जनौ मित्रहरुले फोन गरेर प्रतियोगितामा तँपाई पनि हुनुहुन्छ होला नी । कुन विषयमा कविता वाचन गर्दे हुनुहुन्छ यस्तै यस्तै । सम्पुर्ण फोन सम्बाद मेरो लागि थिएन । त्यो आवाज श्रेष्ठको नाममा थियो । हो आवाज श्रेष्ठ । जसलाई धैरैले देख्ने मौका पाएको छैन । यो पात्र कुनै कार्यक्रममा देखिएको छैन । न जेडा टावर छेऊमा सुतेको हरियो जमीनमा हुने कविता वाचनमा उभिएको छ । निकै साहित्यनुरागीले भेट्न चाहेपनि यो अनुहार पर्दा पछाडि रह्यो । किनकी एक पुस्तक बजारमा नआएसम्म आवाज श्रेष्ठ नेपथ्यमा रहन चाहन्थ्यो । मौन शब्द आवाजमा खेल्ने आवाज श्रेष्ठ मौनबस्तीमा छन् । समाजका दृश्य श्रृंखलालाई समेटेर मौनबस्ती नामको कविता सग्रह प्रकाशोन्मुख छ । तर खै कसरी हो ईखालु रमेशले अनेसास कविता प्रतियोगितामा आवाज जी भनेर गरिएको सम्बोधन राम्रो मान्न सकिएन । त्यसमा फेरि म मेरै ..