मन्थन बिचारहरुको
Picture
बेबी थापा, मोडल
Picture
जति देखायो त्यति हिट
मोडलिङ यस्तो क्षेत्र हो जहा आफूलाई एक्सपोज गर्न नसक्नेहरुको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो ।

बेबी थापा, मोडलफेसन र मोडलिङलाई अनेक कोणबाट व्याख्या गरिन्छ । तर, मलाई लाग्छ फेसन या मोडलिङ \'यही हो भनेर मोडलिङमा आफूलाई जति एक्सपोज गर्न सकिन्छ, उति राम्रो ! अंग प्रदर्शन या नग्नप्रदर्शन भनेर टिप्पणी गर्ने समय अब एकादेशको कथा भइसक्यो । नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि \'कति देखाउने र कति छोप्नेमोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो- आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु- मोडेलले एक्सपोज गर्न किन डराउने ?

मलाई लाग्दैन- सांस्कृतिक भेषभूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । आज मोडलिङमा कहीँ-कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ ।


नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि \'गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।

फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन ।

आजसम्म मेरा ४/५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालका एकजना सेलीब्रेटी मेरा प्रेमी छन् । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म सतिसावित्रीको ढोङ गर्ने महिला होइन । प्रेम र यौनजस्ता मान्छेका आधारभूत आवश्यकताबारे किन झुट बोल्नुपर्‍यो र ?

सेक्स विफोर म्यारिज (विवाहभन्दा पहिले सेक्स) खराब कुरा होइन । तर, सेफ सेक्स जरुरी छ ।

धरानको नास्ट कलेजबाट मैले बिए गरेकी छु । मोडलिङ क्षेत्रमा आएको ६ वर्ष भयो । मोडलिङमै रमाएकीले मलाई फिल्ममा जाने रहर छैन । मोडलिङ गरेको पैसाले मेरो पकेटखर्च मात्रै पुग्छ । म मोडलिङमा पैसा कमाउन आएको होइन, नाम कमाउन आएको हुँ । तर, मलाई थाहा छ- अबको पाँच/दस वर्षपछि मोडलिङ नाम र दाम प्रशस्त भएको क्षेत्र हुनेछ ।

यसपालिको वल्र्डकप खुब इन्जोय गरेँ । अर्जेन्टिनाको फ्यान हुँ । तर, अर्जेन्टिनाले हारेपछि स्पेनको समर्थक भएकी छु ।