मन्थन बिचारहरुको

पप गायिका ब्रिट्नी पटक-पटक निर्वस्त्र
18 June 2010

Picture
विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयरले आफूमाथि यौनजन्य दर्र्व्यवहार गरेको भन्दै उनका अंगरक्षक फर्नाडो फ्लोरेसले नोकरी छाडेका छन् ।
२९ वषर्य फ्लोरेन्सले ब्रिट्नीविरुद्ध मुद्दासमेत दायर गरेका छन् । आफू सामु पटक-पटक निर्वस्त्र भएर आफूलाई शारीरिक एवं यौन उत्पीडन गरेको किटान उनले सो उजुरीमा गरेका छ । लामो समय प्रहरीमा नोकरी गरेका फ्लोरेन्स पछिल्लो समय ब्रिट्नीको सबैभन्दा प्रिय अंगरक्षकका रूपमा परिचित थिए ।
ब्रिट्नीले आफूलाई मन पराएको रहस्योद्घाटन पनि यी अंगरक्षकले गरेका छन् । तर, आफूले ब्रिट्नीलाई जहिले पनि सम्मानित रूपमा हर्र्दै आएको उनको भनाइ छ । सोही कारण पनि आफू सामु ब्रिट्नी पटक-पटक निर्वस्त्र भएर आएको उनले बताएका छन् ।
यसरी आफूले ब्रिट्नीलाई यस्तो व्यवहार नगर्न पटक-पटक अनुरोध गर्दा पनि ब्रिट्नीले त्यो अनुरोधलाई बेवास्ता गरेको पनि यी अंगरक्षकले बताएका छन् । अन्ततः हैरन भएर प्रहरी सामु उनकाविरुद्ध उजुरी दिन परेको यी अंगरक्षकले स्पष्ट पारेका छन् । ब्रिट्नीले आफूमाथि गरेको शारीरिक तथा यौन उत्पीडनको न्याय पाउने विश्वास उनको छ । तर, यस विषयमा ब्रिट्नीले भने कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।