मन्थन बिचारहरुको

बैदेशीक रोजगार »


साउदीमा बेपत्ता भोजबहादुरलाई खोजीदिन अपिल

Picture
काठमाडौं, अषाढ १८ - १० महिना देखि साउदीमा बेपत्ता सुनसरी पकलीका भोजबहादुर निरौलालाई खोजी गरिदिन परिवारले सबैसँग अपिल गरेका छन् । उनी गएदेखि परिवारको सम्र्पकमा छैन् । निरौलाका बाबु लिलाबहादुरले छोराका खोजी गरिदिन साउदीस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघ, नेपाली दाजुभाइहरुलाई अपिल गरेका छन् । उनले यसअघि परराष्ट्र, श्रम र मानअधिकारकर्मीहरुलाईसमेत  अनुरोध गरेका थिए । निरौला काठमाडौंस्थित जब ट्रयाक रिकुटिंगबाट मासिक ६ सय रियाल तलब पाउनेगरी साउदी उडेका थिए । जब ट्रयाकका अनुसार उनी बिमानस्थबाट हराएका हुन् । 'हामीले निरौलासहित २५ जना कामदार पठाएका थियौ', जब ट्रयाकका प्रमोद सिंहले भने-'तर कम्पनीले २४ जना मात्रै बुझेर लिएर गएछन् ।' 'अहिले हामी पनि खोजीको लागि पहल गरिरहेका छौं', उनले भने-'त्यसको लागि साउदीमा कम्पनीले नेपाली दुताबास र अध्यागमन बिभागसमझ अनुरोध गरिरहेको छ ।' छोरा सम्पर्कमा नआएपछि जबट्याकमा पुग्यौ', पीडित बाबु लालबहादुरले भने-'अहिलेसम्म यसबारे म्यानपावर बेखबर रहेछ ।' ९० हजार रुपैया म्यानपावरलाई बुझाएर साउदी उडेका भोजबहादुरको १० महिना वित्तापनि कुनै खवर नआएपछि परिवार चिन्तामा डुवेको छ । बैदेशिक रोजगार ऐन अनुसार कामदार पठाउने म्यानपावरले कामदार पठाएदेखि नफर्केसम्म सम्पुर्ण जिम्मेवारी लिनुपर्छ । 'म्यानपावरलाई कामदार पठाउन पाए पुग्छ', साउदी स्थित नेपाली दुताबासका प्रथम सचिब खड्गप्रसाद दाहालले भने-'पठाएको कामदारको पछिल्लो समयमा जानकारी नगर्ने हुदाँ यो समस्या आएको हो । यसमा म्यानपावर मात्रै होइन, श्रम स्वीकृति दिने बिभाग पनि जिम्मेवार हुनुपर्छ ।' पीडित परिवारले न्याय खोज्दै बैदेशिक रोजगार विभागमा सञ्चालिका आशा लामा बिरुद्ध उजुरी दिएका छन् । बिभागका अनुसार यसबारे कम्पनीसँग छानबिन भइरहेको बताएको छ ।